काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई लक्षित गर्दै एकल अंकको ब्याजदरमा ‘महालक्ष्मी हरित घर कर्जा’ दिने भएको छ । बैंकले ८.९९ प्रतिशतमा ‘महालक्ष्मी हरित घर कर्जा’ उपलब्ध गराउने भएको हो ।
बैंकले वातावरणमैत्री र दिगो विकासलाई प्राथमिकता दिने नीतिअनुसार यो कर्जा योजना अघि सारेको जनाएको छ । हरित घर कर्जा जल ऊर्जा, सौर्य ऊर्जा, वायु ऊर्जा, जैविक ऊर्जा लगायतका कृषि तथा वन जंगलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकले न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधिसम्म यो कर्जा उपलब्ध गराउने छ । यस योजनाअन्तर्गत घर खरीद, घर निर्माण, अपार्टमेन्ट खरीद तथा घर थप/पुनर्निर्माण र मर्मत सम्भार गर्न कर्जा लिन सकिने बैंकले बताएको छ । बैंकले यो योजनाबाट वातावरण संरक्षण, दिगो विकासको प्रवद्र्धन र नेपाल राष्ट्र बैंकको निर्देशिका पालना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
‘सबल बैंक, सफल सहकार्य’ नाराका साथ ३० वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकका देशभर १०३ शाखा कार्यालय र ८ लाखभन्दा बढी ग्राहक रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्