काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार सेयर बजार उच्च अंकले बृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ५१ दशमलव ११ अंकले घटेर २७०२ दशमलव ६५ को बिन्दुमा कायम भएको दिन आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको हो ।
आज कारोबार भएका कम्पनीहरुमध्ये कुल २० वटाको मात्र मूल्य बृद्धि भएको छ । सेयर बजार उच्च अंकले घटेतापनि आत्मनिर्भर लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य आज प्रतिकित्ता नै ४७५ रुपैयाँले बृद्धि भएको छ ।
त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको ७.२७ प्रतिशत, गुराँस लघुवित्तको ५.८४ प्रतिशत, युनिक नेपाल लघुवित्तको ५.३७ प्रतिशत र पोखरा फाइनान्सको ४ प्रतिशतले सेयरमूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्