काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिना (साउन–असोज) मा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सोधानान्तर स्थितिमा सुधार देखिएको हो ।
गत आर्थिक वर्षको समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोड बचतमा रहेको थियो । आयात बढ्न नसक्नु, रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च हुनुसहित कारण शोधनान्तर स्थिति बचतमा रहेको देखिन्छ । यसले चालु खातासमेत बचतमा छ ।
समीक्षा अवधिमा अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ३८ करोड छ । गत आव ७६ करोड ६८ लाख डलर बचतमा थियो ।
यस अवधिमा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँ बचतमा देखिन्छ । अघिल्लो आव सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा चालु खाता ८३ करोड ४० लाख बचतमा छ । अघिल्लो वर्ष ४४ करोड ९४ लाख डलर बचतमा थियो ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब रुपैयाँ कायम भएको छ । प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ४ अर्ब ८१ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्षको तुलनामा यी दुवै बढेको अवस्था हो ।
प्रतिक्रिया दिनुहोस्