Skip to content
Prabhu

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

nabil

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ४ करोड ३६ लाख ६६ हजार ३१५.७२ रुपैयाँको ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव प्रमेश आचार्यले जानकारी दिएका छन् ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूमा वितरण हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal