काठमाडौं । गुराँस लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज (बुधबार) को कारोबार खुल्ने वित्तिकै यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९१ रुपैयाँ ३० पैसाले घटेर २ हजार ६२१ रुपैयाँ ७० पैसा पुगेको छ । यो १० प्रतिशतले कम हो । यो अवस्थासम्म समग्र बजार परिसूचक पनि ९ दशमलव १७ अंकले घटेर २६९३ दशमलव ४७ विन्दुमा पुगेको छ ।
कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि वा गिरावट आयो भने त्यसमा सर्किट लाग्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्