Skip to content
Prabhu

बाढीपीडितको मलम बनिरहेको शिखर इन्स्योरेन्स, बाढी पहिरोको ६१ करोड भुक्तानी हुँदा शिखरले मात्रै गर्यो २६ करोड भुक्तानी

nabil

काठमाडौं । दुःख कुनै व्यक्ति परिवारमा कति बेला आउँछ भनेर एकिन गरेर भन्न सकिँदैन । विपद् बाजा बजाएर आउँदैन भन्ने उखान नै छ । जसअनुसार विपद्का घटनाहरु कति बेला आउँछन र त्यसले कति क्षति पुर्याउँछ भन्ने कुराको कसैले पनि अनुमान गर्न सकिँदैन । प्रविधिको विकासले केही विपतका घटनाहरु हुँदै छन् भन्ने पूर्व जानकारी भने हुन्छ ।

विपद्का घटनाहरुले मानिसहरुले जनधनको क्षति भोग्नु परिरहेको हुन्छ । विपतिबाट हुने क्षतिलाई कम गर्नका लागि बीमा गर्नुपर्छ भन्ने अवधारणा अघि आयो । नेपालमा पनि पछिल्लो समय बीमा गर्नुपर्छ र यसले जोखिम न्यूनिकरणमा सहयोग प¥याउँछ भन्ने कुरा विस्तारै आम मानिसमा पुग्दै गइरहेको छ । विपद्को समयमा हुने यस्तो सहयोगको प्रायःका रुपमा अहिले शिखर इन्स्योरेनले आफ्नो मानक स्थापना गर्न सफल भएको छ । यो निर्जीव बीमा कम्पनीले असोजको दोस्रो सातामा परेको अविरल वर्षाले पुगेको क्षेतिको करिब एक चौथाइ दाबी भुक्तानी गरिसकेको छ ।

यो कम्पनीमा बाढी पहिरोबाट भएको क्षतिबापतको १ अर्ब ५ करोड ६४ लाख ८९ हजार ३१० रुपैयाँ दाबी परेको छ । यो कम्पनीले कात्तिक २८ गतेसम्मको अवधिमा करिब एक चौथाइ अर्थात् २६ करोड ६ लाख ११ हजार १६२ रुपैयाँ दाबीको भुक्तानी गरिसकेको छ । यो जम्मा दाबीको २४.६६ प्रतिशत हो । यो कम्पनीमा ४५३ वटा दाबी परेकोमा ३६५ वटा दाबीको भुक्तानी भइसकेको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

सबै बीमा कम्पनीहरुले गरेको दाबी भुक्तानीमध्ये करिब आधाको हाराहारीको भुक्तानी शिखर इन्स्योरेन्सको नै रहेको छ ।

बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार हालसम्म बीमा कम्पनीहरुले ६१ करोड ७ लाख ९३ हजार ३८७ रुपैयाँ दाबी भुक्तानी गरेका छन् । सबै कम्पनीले उक्त रकम बराबरको दाबी भुक्तानी गर्दा शखिर एक्लैले २६ करोड ६ लाख ११ हजार १६२ रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । यो हालसम्म भुक्तानी भएको रकमको ४२ प्रतिशत हुन आउँछ । जम्मा ९०२ वटा दाबीको भुक्तानी हुँदा शिखरले मात्रै ३६५ दाबीको भुक्तानी गरेको छ । यो संख्या पनि सबै भन्दा धेरै हो । प्राधिकरणको तथ्यांकअनुसार बाढी पहिरोको दाबी भुक्तानीमा शिखर निकै अघि देखिएको छ ।

केही कम्पनीहरुले अहिलेसम्म बीमा दाबीको कुनै पनि भुक्तानी समेत गर्न सकेका छैनन् । हालसम्म बाढी पहिरोको कुनै पनि दाबी नदिनेमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी रहेको छ । यो कम्पनीले अहिलेसम्म कुनै पनि दाबीको भुक्तानी दिन सकेको छैन । यो कम्पनीमा १७ वटा दाबी परेका छन् र त्यस बापत २० करोड ६७ लाख रुपैयाँ दाबी परेको छ । त्यस्तै ट्रष्ट माइक्रो इन्स्योरेन्सले पनि हालसम्म कुनै बीमा दाबीको भुक्तानी दिन सकेको छैन् । यो कम्पनीले ४ वाटा दाबीको १५ लाख २० हजार रुपैयाँ भुक्तानी गर्नु पर्ने छ ।

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार हालसम्म सिद्धार्थ इन्स्योरेन्सले १०५ वटा बीमा दाबी बापत ९ करोड ३७ लाख रुपैयाँको दावी फ्छयौट गरेको छ । यो कम्पनीमा २ अर्ब ६० करोड २४ लाख ७४ हजार रुपैयाँ बराबरका ५०१ वटा दाबी परेका छन् । यस अवधिमा द ओरियन्टल इन्स्योरेन्सले आफ्ना बीमितलाई ३ करोड ५८ लाख रुपैयाँको दावी भुक्तानी गरेको छ । यो कम्पनीले ६८ दाबीको भुक्तानी गरेको छ । यो कम्पनीले १७६ दाबीको १ अर्ब ५१ करोड २७ लाख २ हजार ४१४ रुपैयाँ दाबी परेको छ ।

त्यस्तै हालसम्ममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ करोड ८२ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४ करोड ६१ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ६ करोड ९० लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३४ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।

सानिमा जिआइसी इन्स्योरेन्सले २ करोड ५८ लाख रुपैयाँ, आइजिआर्ई प्रुडेन्सियल इन्स्योरेन्सले ३ करोड ९ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले २२ लाख रुपैयाँ, एनएलजि इन्स्योरेन्सले ५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ करोड रुपैयाँको बीमा दाबी भुक्तानी गरेका छन् ।

त्यस्तै माइक्रो इन्स्योरेन्स कम्पनीमध्ये प्रोटेक्टिभ माइक्रोले सबै भन्दा बढी दाबी भुक्तानी गरेको छ । यो कम्पनीले हालसम्मा ५१ हजार १०० रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीमा ७ वटा दाबीको २ लाख ६० हजार रुपैयाँ दाबी परेको छ । जसमध्ये ४ वटा दाबीको भुक्तानी यो कम्पनीले गरिसकेको छ । त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्समा यो अवधिमा ४ लाख रुपैयाँको दाबी परेको छ । ४ वटा दाबी बराबर उक्त रकम कम्पनीले बीमितलाई प्रदान गर्नु पर्ने हुन्छ । यो कम्पनीले हालसम्म २ दाबीको २५ हजार ६८९ रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

त्यस्तै स्टार माइक्रोमा यो अवधिमा १० वटा दाबी परेका छन् । जसबापत कम्पनीले ३६ लाख ६५ हजार रुपैयाँ दाबी भुक्तानी गर्नु पर्ने देखिएको छ । हालसम्म यो कम्पनीले एउटा दाबी बापत २६ हजार ७९० रुपैयाँको दाबी भुक्तानी गरेको छ । ट्रष्ट माइक्रो इन्स्योरेन्सेले भने हालसम्म कुनै पनि दाबीको भुक्तानी गर्न सकेको छैन । यो कम्पनीमा ४ दाबीको १५ लाख २० हजार रुपैयाँको दाबी परेको छ ।

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal