Skip to content
Prabhu

सेयर बजार ९ अंकको बढ्यो, कारोबार रकम ३ अर्बले घट्यो

nabil

काठमाडौं । सेयर कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक सामान्य बढेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ९ दशमलव ०९ अंकले बढेको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक २७११ दशमलव ७५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३४ अंकले बढेर ४७८ दशमलव ५० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ ।

परिसूचक बढे पनि कारोबार रकममा भने आज गिरावट आएको छ । अघिल्लो दिन साढे १० अर्ब माथिको कारोबार भएको बजारमा आज ७ अर्ब भन्दा माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर ७४ हजार ३०३ पटक खरिद बिक्री हुँदा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार ९४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबार बन्द हुँदा सेयर बजारमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal