काठमाडौं । बुधबारको सेयर बारोबार बन्द हुँदा समग्र बजार परिसूचक सामान्य अंकले बढेको छ । सेयर बजार बढ्दा पनि एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको हो ।
आज सेयर बजारमा गुराँस लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । कारोबार खुल्ने वित्तिकै नकारात्मक सर्किट लागेको कम्पनीको मूल्य २९१ रुपैयाँ ३० पैसाले घटेर २ हजार ६२१ रुपैयाँ ७० पैसा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १० प्रतिशत कम हो । त्यस्तै आज धेरै घट्ने शीर्ष पाँच कम्पनीमा युनिक नेपाल लघुवित्त, सिभिल बैंक डिबेन्चर २०८८, नविल बैंक डिबेन्चर २०८२ र आत्मनिर्भर लघुत्तिव रहेका छन् ।
आजको कारोबार बन्द हुँदा युनिक नेपाल लघुवित्तको सेयर मूल्य २२३ रुपैयाँले घटेर २ हजार ९३७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.०६ प्रतिशतले कम हो । त्यस्तै आजको कारोबार बन्द कुमारी डिबेन्चरको सेयर मूल्य पनि ५.७५ प्रतिशत अर्थात् ६५ रुपैयाँ ९० पैसाले घटेर १ हजार ८१ रुपैयाँ १० पैसा पुगेको छ ।
आजको कारोबार बन्द हुँदा नविल डिबेन्चरको सेयर मूल्य पनि ५.५७ प्रतिशत अर्थात् ६३ रुपैयाँ ४० पैसाले घटेर १ हजार ७५ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै आत्म निर्भर लघुवित्तको सेयर मूल्य पनि आज १२६ रुपैयाँले घटेर ५ हजार १०० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.४१ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्