काठमाडौं । आज दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज (मंसिर ६ गते) प्राइम कमर्सियल बैंक र ग्लोबल आइएर्मी बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यी दुई बैंकले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर ९ गते आइतबार बुक क्लोज गर्दैछन् । मंसिर ७ र ८ गते सेयर बजार बन्द हुने भएकाले आजसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा सहभागी हुने र लाभांश पाउने अवसर प्राप्त गर्नेछन् ।
ग्लोबल आइएमई बैंकले लगानीकर्तालाई ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्नका लागि बैंकले मंसिर २७ गते साधारणसभा बोलाएको छ । बैंकको साधारणसभा मंसिर २७ गते बिहान १० बजे नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा सुरु हुने छ ।
यस्तै, प्राइम कमर्सियल बैंकले लगानीकर्तालाई करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले मंसिर १९ गते बिहान ११ बजे आर्मी अफिसर्स क्लब, भद्रकालीमा वार्षिक साधारणसभा बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्