काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ औं वार्षिक साधारणसभा मंसिर २७ गते बोलाएको छ । लघुवित्तको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो ।
लघुवित्तले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ । साथै चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र २ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पेश हुनेछ ।
त्यसैगरी अन्य लघुवित्तसँग मर्जर र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि लघुवित्तले मंसिर १६ गते बुक क्लोज गर्नेछ । यसर्थ मंसिर १३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिने अवसर प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्