काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आर्थिक वर्ष २०८१/८२ का लागि धितोपत्र व्यापारी (स्टक डिलर)हरूका लागि कारोबार योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । नेप्सेले कारोबार योग्य ११२ कम्पनीको सूची सार्वजनिक गरेको हो ।
धितोपत्र व्यापारी कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२) बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरूको नामावली नेप्सेले सार्वजनिक गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्