एजेन्सी । भारतका दोस्रो नम्बरका सबैभन्दा धनी व्यक्ति गौतम अडानी फेरि समस्यामा परेका छन् । अडानी समूहका चेयरम्यान गौतम अडानी र उनका भतिज सागर अडानीसहित अन्य ६ जनामाथि न्यूयोर्क अदालतमा इन्डाइटमेन्ट (आरोप पत्र) दर्ता गरिएको छ । यी सबै अडानी ग्रीन इनर्जी लिमिटेड र अजुर पावर ग्लोबलसँग सम्बन्धित छन् ।
अमेरिकाको एसईसीको आरोप
अमेरिकाको सिक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन (एसईसी)ले आरोप लगाएको छ कि गौतम अडानी र उनका सहकर्मीहरूले भारतमा आफ्नो रिन्युएबल इनर्जी कम्पनीका लागि २५ करोड डलरभन्दा बढी घूस दिएका थिए र अमेरिकामा पूँजी संकलन गर्ने समयमा लगानीकर्ताहरूलाई यो जानकारी लुकाएका थिए ।
अमेरिकामा इन्डाइटमेन्ट भनेको वकिलको तर्फबाट दर्ता गरिएको लिखित आरोप पत्र हो । यो भारतमा दर्ता हुने चार्जशीटकै जस्तै हो । त्यहाँको ग्रान्ड ज्यूरीले यो आरोपित व्यक्तिको विपक्षमा जारी गर्छ ।
जब कसैमाथि आरोप लगाइन्छ, उनलाई औपचारिक रूपमा सूचना दिइन्छ कि उनले अपराध गरेका छन् । आरोपित व्यक्तिले आफ्ना वकिलमार्फत बचाउका उपाय गर्न सक्छ ।
भारतमा घूसको आरोप, तर अमेरिका किन ?
भारतमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू जान्न चाहिरहेका छन् कि जब अडानीको रिन्युएबल इनर्जी कम्पनीले भारतमा ठेक्का प्राप्त गर्न घूस दिएको आरोप छ, तब गौतम अडानी र उनका सहकर्मीमाथि अमेरिकामा मुद्दा चलाउने अवस्था कसरी सिर्जना भयो ?
न्यूयोर्क अदालतमा दर्ता भएको आरोप पत्रअनुसार गौतम अडानी र केही व्यक्तिहरूले ‘ब्राइबरी स्किम’ (अर्थात् ठेक्का पाउन कम्पनीलाई घूस दिनु)को जानकारी बिना अमेरिकी र विदेशी लगानीकर्ताहरूबाट पैसा उठाएका थिए ।
“यो अपराध अमेरिकी लगानीकर्ताहरूको क्षतिमा गरिएको हो । त्यसैले उनीहरूमाथि भ्रष्टाचार, ठगी, र काममा बाधा पुर्याएको आरोपमा मुद्दा चलाइनेछ। यो संसारको जुनसुकै कुनामा भए पनि ।”
एफबीआईका असिस्टेन्ट डाइरेक्टर इन्चार्जका अनुसार, “अडानी र उनका सहकर्मीहरूले भ्रष्टाचार र घूसको योजनाबारे गलत बयानका आधारमा पूँजी उठाए र लगानीकर्तालाई ठगेका थिए । केही व्यक्तिहरूले सरकारी अनुसन्धानमा बाधा पुर्याएर घूसखोरीको योजना लुकाउन प्रयास गरेका थिए ।”
एसईसीको सम्भावित कारबाही र प्रभाव
अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनले गौतम अडानी र उनका सहकर्मीमाथि स्थायी रोक लगाउन सक्छ । उनीहरूमाथि नागरिक सजाय लगाउन सकिन्छ वा अन्य प्रतिबन्ध लगाउन सकिन्छ । तर, यो इन्डाइटमेन्ट अडानीको कम्पनीमा होइन, व्यक्तिगत रूपमा अडानी र उनका सहकर्मीमाथि लागेको छ ।
यद्यपि, इन्डाइटमेन्टको खबर आएपछि बिहीबार प्रारम्भिक कारोबारमै अडानी समूहका कम्पनीहरूको शेयर २० प्रतिशतसम्म घट्यो । अडानी इनर्जीको शेयर १६ प्रतिशत घट्यो । अजुर पावर भने भारतमा सूचीबद्ध छैन ।
भारतमा अडानीको कम्पनीमाथि लागेको आरोप के हो?
अमेरिकी अभियोजकका अनुसार भारतीय इनर्जी कम्पनी र अमेरिकी कम्पनीले भारतको सोलार इनर्जी कर्पोरेशन अफ इन्डियासँग सोलार इनर्जी आपूर्ति गर्ने ठेक्का पाएका थिए । तर, यो सम्झौता सफल हुन सकेन ।
त्यसपछि अडानी समूह र उनका सहकर्मीले केही राज्यका अधिकारीहरूलाई कथित रूपमा घूस दिएका थिए, ताकि उनीहरूले सम्झौतामा सहमति गर्न सकून् ।
न्यूयोर्कको पूर्वी जिल्ला अटर्नी कार्यालयले भनेको छ, “सन् २०२० देखि २०२४ सम्म अडानी र उनका सहकर्मीले भारतीय अधिकारीलाई २५ करोड डलरभन्दा बढी घूस दिने सहमति गरेका थिए ।”
विवादहरू
अडानी समूह विभिन्न देशहरूमा विवादमा रहँदै आएको छ । सन् २०१७ मा अष्ट्रेलियामा अडानी इन्टरप्राइजेजलाई कार्माइकल कोल माइनको ठेक्का दिनेसम्बन्धी विवाद भयो । त्यस्तै, २०२२ मा श्रीलंकामा पनि अडानी समूहलाई लिएर विवाद भएको थियो ।
हिन्डनबर्ग रिसर्चले पनि सन् २०२३ मा अडानी समूहविरुद्ध गम्भीर आरोप लगाएको थियो, जसका कारण शेयर बजारमा ठूलो प्रभाव प¥यो । यसले अडानीको सम्पत्तिमा गम्भीर क्षति पु¥यायो र विवादलाई थप चुल्यायो ।
प्रतिक्रिया दिनुहोस्