काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न भएसँगै नेपालमा लगानीको वातावरण रहेको पुष्टि गरेको अर्थमन्त्री विष्णु पौडलले बताएका छन् । कन्ट्री रेटिङ सार्वजनिक भए पछि आज पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री पौडलले यस्तो बताएका हुन् ।
‘यो रेटिङले विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्ने र लगानी सुरक्षित रहेको सन्देश दिएको छ,’ अर्थमन्त्री पौडेलले भने । विश्वका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्नका लागि पनि अर्थमन्त्रीले आग्रह पनि गरे । अझ पनि सुधार गर्नु पर्ने अवस्था रहेको भए पनि लगानी सुरक्षित रहने सन्देश गएको उनको भनाइ छ ।
प्रत्यक्ष वैदेशिक लगानीका लागि सरकारले लागिरेहेको उनले बताए । अहिले रहेको अवस्थामा सन्तुष्ट हुने भन्दा पनि अझ सुधार गर्दै जाने अर्थमन्त्री पौडेलको भनाइ छ । अहिलेको नतिजाप्रति नकारात्मक हुनु पर्ने भन्दा पनि गौरव गर्नु पर्ने उनकाले बताए ।
हिजो मात्रै नेपालको कन्ट्री रेटिङ सम्पन्न भएको थियो । जसमा नेपालले बीबी माइनस रेटिङ पाएको थियो । फिच क्रेडिट रेटिङ कम्पनीले नेपालको सोभरेन क्रेडिट रेटिङ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्