काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएर ‘सर्टलिस्ट’मा परेकाहरूको अन्तर्वार्ता सुरू भएको छ । अध्यक्ष सिफारिस समितिले ‘सर्टलिस्ट’मा परेका तीनजनालाई आज (आइतबार) पुनः अन्तर्वार्ता र प्रस्तुतीकरणका निम्ति बोलाएको थियो ।
आजको अन्तर्वार्तामा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी उपस्थित छन् । नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति)का अध्यक्ष चिरञ्जीवी चापागाईं भने अन्तर्वार्तामा उपस्थित भएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्