Skip to content
Prabhu

माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने

nabil

काठमाडौं । माउण्टेन इनर्जी लिमिटेडले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो ।

माउण्टेन इनर्जी लिमिटेड र सीता हाइड्रो प्रालि बीच लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक अरुण कुमार केसी र सीता हाइड्रो प्रा।लि।का तर्फबाट अध्यक्ष सीताराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।

विद्युत विकास विभागले २०७४ जेठमा दूधखोला जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरेको थियो । माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन् । कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रतिमेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो ।

माउण्टेन इनर्जीले १२ मेगावाट क्षमताको मिस्ट्रीखोला–२ जलविद्युत आयोजनाको पनि विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ । दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेसँगै अब माउण्टेन इनर्जीले हकप्रद सेयर निष्काशन गर्न सक्ने देखिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal