काठमाडौं । साताको कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १० दशमलव ०८ अंकले बढेको हो ।
आइतबारको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा परिसूचक २६९० दशमलव ५२ विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि २ दमलव ३५ अंकले बढेर ४७५ दशमलव ३२ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
प्रि ओपन सेसनमा ६५ कम्पनीका ८ हजार ९४ कित्ता सेयर ११८ पटक खरिद बिक्री हुँदा ४९ लाख ९२ हजार १९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्