Skip to content
Prabhu

नेपालको वैदेशीक व्यापार : १११ मुलुकसँग घाटा, ३३ सँग मात्रै नाफा

nabil

काठमाडौं । चालु आर्थिक वर्षमा पहिलो चौमासिकमा नेपालको व्यापार घाटा सढो ४ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नेपालको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ पुगेको हो ।
नेपालले अहिले १४४ देशसँग व्यापार गर्ने गरेको छ । नेपालको निर्यात निकै कम मात्रामा हुँदा नेपालको व्यापार घाटा उच्च भइरहेको छ ।

नेपालले व्यापार गर्ने १४४ देशमध्ये १११ देशसँग नेपालबो व्यापार घाटामा रहेको छ । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा नेपालले व्यापर गर्ने देशहरुमध्ये ३३ वटा देशसँग मात्रै व्यापर नाफामा रहेका छ । आयतमुखी अर्थतन्त्र भएको मुलुक नेपालमा स्वदेशमा उत्पादन सम्भावना पर्याप्त रहेका सामग्री र निर्यातजन्य सामग्रीको उत्पादन तथा निर्यातमा ध्यान दिन नसक्दा नेपालले अन्य मुलुकसँग गर्ने व्यापारमा घाटा व्यहोर्नु परिरहेको छ ।

नेपालको चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्मको अवधिमा सबैभन्दा बढी व्यापार घाटा चीन, भारत र युक्रेनसँग रहेको छ । नेपालको व्यापार घाटा छिमेकी भारतसँग मात्रै २ खर्ब ८१ अर्ब ११ करोड रुपैयाँ रहेको छ । यो अवधिमा नेपालले भारतबाट ३ खर्ब १६ अर्ब ८८ करोड रुपैयाँ बस्तु आयात गर्दा जम्मा ३५ अर्ब ७६ करोड निर्यात रहेको छ ।

त्यस्तै ४ महिनामा चीनसँगको व्यापार घाटा १ खर्ब २ अर्ब रहेको छ । चीनसँग १ खर्ब ३ अर्ब १८ करोडको सामान आयात गर्दा ६८ करोड २३ लाखको निर्यात सामान मात्रै निर्यात भएको छ । नेपालले डेनमार्क, रसिया, अष्ट्रिया, माल्दिभ्स लगायतका मुलुकसँग भने नाफा कमाएको छ । ४ महिनामा सबैभन्दा बढी डेनमार्कसँग १४ करोड नाफा भएको छ । यो अवधिमा नेपालबाट १४ करोड ९९ लाखको निर्यात हुदाँ डेनमार्कसँग ९ करोड ३८ लाखको आयात भएको छ ।

त्यस्तै नेपालबाट ९ करोड १० लाखको सामान रसिया निर्यात हुदाँ रसियाबाट १ करोड ७२ लाखको आयात भएको छ । रसियासँग ७ करोड ३७ लाख नाफा भएको छ । विभागका अनुसार ४ महिनामा व्यापार घाटा ०.२६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ४ महिनामा ४ खर्ब ६० अर्ब ७१ करोड व्यापार घाटा हुदाँ गत आर्थिक वर्षको सोहि अवधिमा ४ खर्ब ६१ अर्ब ९३ करोड व्यापार घाटा भएको थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal