Skip to content
Prabhu

रविलाई म्याद थपका लागि अदालत पेस

nabil

काठमाडौं । पोखरा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालतमा पेस गरेको छ । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज (आइतबार) पाँचौँपटक म्याद थपका लागि अदालत पेस गरेको हो ।

यसअघि कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । सो म्याद सकिएपछि आइतबार अदालत उपस्थित गराएको कास्की प्रहरीले जनाएको छ । कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलोपटक ६ दिन, दोस्रोपटक सात दिन र तेस्रोपटक १० र चौथोपटक १३ दिनको म्याद दिएको थियो । म्याद थपपछि उनलाई काठमाडौं ल्याउने तयारी प्रहरीको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal