काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको हो । प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन् ।
सर्वोच्च अदालतले आज आइतबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्नेछ । न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा प्रसाईंले दायर गरेको निवेदनको पेसी परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा उनलाई प्रहरीले पक्राउ गरिकएको थियो ।
जिल्ला अदालत, काठमाडौंको अनुमति लिएर प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्