Skip to content

अब आइएमई पे एपमा बैंक खाता लिंक गरी स्मार्टफोन जित्न सकिने

nabil bank

काठमाडौं । आइएमई पेले ‘बैंक लिंक गरौँ, मोबाईल जितौं’ नामक योजना सार्वजनिक गरेको छ। यस योजनामार्फत आइएमई पे एपले प्रयोगकर्ताहरूलाई आफ्नो बैंक खातालाई आइएमई पे एपमा लिंक गर्न र सहज डिजिटल भुक्तानी सुविधाको अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।

मंसिर ६ गतेदेखि माघ ६ गतेसम्म २ महिनाका लागि चल्ने यस योजनामा आइएमई पेका प्रयोगकर्ताहरुले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिंक गरी बैंक खाताबाट सिधैं आइएमई पे वालेटमा पैसा लोड गरी कम्तीमा तीन विभिन्न भुक्तानीहरू गरेर स्मार्टफोन जित्ने मौका प्राप्त गर्न सक्ने छन्।

सो योजनाअन्तर्गत हरेक १५ दिनमा एक जना भाग्यशाली विजेताले एउटा स्मार्टफोन जित्न सक्नेछन्। प्रयोगकर्ताहरूले आफ्नो बैंक खातालाई सिधैं आइएमई पे एपमार्फत अथवा कनेक्ट आइपिएस् मार्फत आइएमई पे एपमा लिंक गर्न सक्नेछन्। यस अफरमा सहभागी हुन पहिलै लिंक नभएको बैंक खाता लिंक गर्नुपर्ने र पैसा पठाउने वा लोड गर्ने बाहेक अन्य तीन विभिन्न भुक्तानीहरू गर्नुपर्ने हुन्छ।

‘यो अभियान हाम्रा प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानीहरू अपनाउन र नगदरहित जीवनशैलीको फाइदाहरूको आनन्द उठाउन प्रोत्साहन गर्न बनाइएको हो। आफ्नो बैंक खाताहरू लिंक गरेर प्रयोगकर्ताहरूले सजिलैसँग रकम ट्रान्सफर गर्न, विभिन्न बिलहरू भुक्तानी गर्न र सामान खरिद गर्न सक्छन्,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime