Skip to content

नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज स्थापना, सौरभ ज्योति अध्यक्षमा निर्वाचित

nabil bank

काठमाडौं । नेपाल र जापानबीचको व्यापार, उद्योग, र पर्यटनका क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज स्थापना गरिएको छ । गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएको यो संस्था दुवै देशका उद्योगपति, व्यापारी, र व्यवसायीक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले अघि स्थापना गरिएको हो ।

चेम्बरले व्यापार, कृषि, उद्योग, र पर्यटन क्षेत्रमा तथ्यांक संकलन गर्दै नेपाल र जापानको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको छ। यसै अवसरमा, प्रथम वार्षिक साधारण सभामा सौरभ ज्योति अध्यक्ष पदमा निर्वाचित भएका छन् भने ऋतु सिंह वैद्य उपाध्यक्ष पदमा चयन भएका छन् ।

संस्थाको कार्यालय उद्घाटन जापानी दूतावासका मिशन अन्य नियोज तामुरा ताकाहिरोले गरेका थिए । उनले नेपाल–जापान सम्बन्धलाई अझै गहिरो बनाउन चेम्बरको महत्त्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे । यो संस्था कुनै नाफा वितरण नगर्ने गरी सञ्चालन हुने छ। आर्जित मुनाफा संस्थाका उद्देश्य पूरा गर्न मात्र खर्च गरिने व्यवस्था रहेको छ, जसले यसलाई सामाजिक सेवामा केन्द्रित बनाउन योगदान पुर्याउनेछ ।

नेपाल र जापानबीचको आर्थिक, सांस्कृतिक, र व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित चेम्बरले दुवै देशका व्यवसायीक समुदायलाई सशक्त रूपमा जोड्ने अपेक्षा गरिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime