काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारणसभा पुस २ गते मंगलबार गर्ने भएको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभा ललितपुरको चाकुपाटस्थित द ईन्ट्रान्स क्याफेमा बिहान साढे १० बजेदेखि सुरु हुने छ । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभामा गत आर्थिक वर्षको वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते एक दिन बुक क्लोज गर्नेछ । यसर्थ मंसिर १८ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्