Skip to content
Prabhu

मुक्तिनाथ क्यापिटलले ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ निष्कासन गर्ने

nabil

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ निष्कासनमा ल्याउने तयारी गरेको छ । यो फण्डको इकाई मंसिर २० गतेदेखि बिक्री खुला हुने भएको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई जारी गर्न लागेको हो । कुल इकाईमध्ये १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिनेछ ।

लगानीकर्ताले कम्तीमा १०० इकाई र अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने अवधि मंसिर २० देखि २४ सम्म रहनेछ । यदि सो समयमा पर्याप्त आवेदन प्राप्त नभएमा आवेदन म्याद पुस ४ गतेसम्म थपिनेछ । कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई बिक्री भएको अवस्थामा इकाई बाँडफाँट गरिनेछ । न्यूनतम इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र लगानीकर्तालाई रकम फिर्ता गरिनेछ ।

यो १० वर्ष अवधि भएको बन्दमुखी म्युचुअल फण्ड हो । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन् । योजना व्यवस्थापक र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड नै रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal