Skip to content
Prabhu

एशियन हाइड्रोपावरले बोलायो साधारणसभा

nabil

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले छैठौं वार्षिक साधारणसभा पुस २ गते मंगलबार बोलाएको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा ललितपुरको चाकुपाटस्थित द ईन्ट्रान्स क्याफेमा दिउँसो साढे १२ बजे बस्ने निणर्य गरेको हो ।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाका लागि गत आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव तय गरिएका छन् ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्ने निणर्य गरेको छ । यसर्थ मंसिर १८ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal