काठमाडौं । सोमबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर बन्द भयो । अधिकांश कम्पनीको सेयर मूल्य बढेको दिन समग्र बजार परिसूचक १५ दशमलव ८३ अंकले बढेर बन्द भयो । आजको कारोबार बन्द हुँदा पाँच कम्पनीको सेयर मूल्य भने ९ प्रतिशतभन्दा बढीले बढेको हो ।
आज ९ प्रतिशतभन्दा धेरैले बढ्ने कम्पनीमा बेष्ट फाइनान्स कम्पनी, सुपर मादी हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आजको कारोबार बन्द हुँदा बेष्ट फाइनान्सको सेयर मूल्य सबै भन्दा धेरै ९.९१ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य ८१ रुपैयाँले बढेर ८९८ रुपैयाँ पुगेको छ ।
त्यस्तै सोमबारको कारोबार बन्द हुँदा उपर मादी हाइड्रोपावर सेयर मूल्य ९१ रुपैयाँले बढेर १ हजार ९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९१ प्रतिशतले धेरै हो । त्यस्तै आजको कारोबार बन्द हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ९.८५ प्रतिशत अर्थात् १२२ रुपैयाँले बढेर १ हजार ३६१ रुपैयाँ पुगेको छ ।
त्यस्तै स्वाभिमान लघुवित्तको सेयर मूल्य पनि आज ९.७८ प्रतिशत अर्थात् १८७ रुपैयाँले बढेर २ हजार १०० रुपैयाँ पुगेको छ । आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ८२ रुपैयाँले बढेर ९२८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.६९ प्रतिशतले बढी हो ।
प्रतिक्रिया दिनुहोस्