Skip to content
Prabhu

बजारमा आएको कुरामा प्रतिक्रिया दिन जरुरी छैनः धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठको अन्तर्वार्ता

nabil

सरकारले लामो समयपछि धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति गरेको छ । सन्तोषनारायण श्रेष्ठलाई सरकारले बोर्डको अध्यक्षमा नियुक्ति गरेको छ । अध्यक्षमा नियुक्ति भएपछि श्रेष्ठको योजनाको विषयमा लगानीन्यूजले गरेको कुराकानी

निकै लामो समयपछिको प्रतीक्षापछि धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति हुनुभयो । अध्यक्षको रुपमा तपाईको प्राथमिकता के हुन्छ ।

सेयर बजारको विकास गर्ने मेरो प्राथमिकता हुने छ । धितोपत्र बोर्ड सेयर बजारको नियमनकारी निकाय हो । यसलाई थप स्वायत्त तथा लगानीकर्ताको हितमा मेरो कार्यकालमा काम हुने छ ।

तपाईको नियुक्ति खास गरेर खास व्यवसायिक घरानालाई फाइदा गराउनको लागि भएको भन्ने आरोप छ । यस्तो अवस्थामा तपाईँले स्वायत्त र नियमनकारी ढंगले काम गर्नुहुन्छ भन्ने कसरी विश्वास गर्ने

बजारमा कसले के कुरा गर्छ भन्ने विषयमा प्रतिक्रिया दिन जरुरी छैन । मेरो प्राथमिकता लगानीकर्ताको सुरक्षाको लागि हुने छ ।

धितोपत्र बोर्डको अध्यक्षको रुपमा तपाईले सेयर बजारको विकासमा के गर्नुहुन्छ ?

मैले आफ्नो कार्ययोजना सरकारलाई बुझाएको छु । सेयर बजारको विकासको लागि काम गर्ने विस्तृत योजना सरकारसँग छ । त्यही आधारमा नेपालको पुँजी बजारको विकासको लागि काम गर्ने छु । नेपालको सेयर बजारका हरेक दायरलाई बढाउने काम मेरो कार्यकालमा हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal