Skip to content

के फेरि सुरु होला त चीन–अमेरिका व्यापार युद्ध ?

nabil bank
एजेन्सी । सन् २०१८ को ग्रीष्म ऋतुमा जब तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार युद्धको सुरुआत गरे । तत्कालीन समयमा चिनियाँ अर्थतन्त्र उचाइमा थियो । त्यो समयमा यस्तो लाग्थ्यो कि चीन छिट्टै संयुक्त राज्य अमेरिकालाई विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा पछि पार्न सक्छ ।
अहिले ट्रम्प कार्यालयमा पुनः प्रवेश गर्न केही महिना मात्र बाँकी छ, । यस्तो अवस्थामा चीनको अर्थतन्त्र पहिलेको समयमा जस्तो बलियो छैन । चिनियाँ अर्थतन्त्र अहिले सम्पत्ति, ऋण, र मूल्यह्रासको चुनौतीहरूबाट धेरै कमजोर देखिन्छ । यस्तो समयमा चीन अर्को व्यापार युद्धका लागि तयार छैन भन्ने देखिन्छ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पको रणनीति बुझ्दै, चिनियाँ नेतृत्वले व्यापार विविधीकरण, अमेरिकी कम्पनीहरूमाथि लक्षित प्रतिशोध, र घरेलु उपभोगको प्रवद्र्धनमार्फत ट्रम्पको नयाँ कर प्रस्तावहरूसँग जुध्न रणनीतिक रूपमा तयारी गरेको देखिन्छ । “चीनले लामो समयदेखि यस्तो दिनको लागि तयारी गर्दै आएको छ । संयुक्त राज्य अमेरिका अब यसको व्यापार नेटवर्कका लागि पहिलेको जस्तो महत्त्वपूर्ण छैन”, अटलान्टिक काउन्सिलका वरिष्ठ सदस्य डेक्स्टर रोबर्ट्सले भने।
पहिलो व्यापार युद्धले राष्ट्रपति जो बाइडेनको कार्यकालमा पनि निरन्तरता पायो । चीन र चिनियाँ कम्पनीहरूले अमेरिकामा निर्भरता घटाउने काम सुरु गरिसकेका छन् । व्यापार तथ्यांकहरूमा यसको प्रभाव स्पष्ट देखिएको छ ।
सन् २०२२ मा द्विपक्षीय व्यापार उच्च स्तरमा थियो। तर, गत वर्ष, मेक्सिकोले २० वर्षपछि पहिलो पटक चीनलाई पछि पार्दै अमेरिकामा सबैभन्दा धेरै सामान निर्यात गर्ने देश बन्यो । सन्् २००० मा चीनका ४८ प्रतिशत निर्यात जी७ धनी देशहरूतर्फ हुन्थे भने गत वर्ष यो प्रतिशत घटेर ३० प्रतिशतमा मा आइपुगेको छ।
तर चीनले अमेरिकी कोषपत्रहरूको विक्री वा मुद्राको मूल्य कम गरेर तत्काल प्रतिक्रिया दिने सम्भावना कम देखिन्छ । यसको सट्टामा, चिनियाँ नेतृत्वले अमेरिकी कम्पनीहरूमाथि लक्षित प्रतिबन्ध लगाउने सम्भावना छ ।
विश्लेषकहरूले पनि चीनले आफ्ना आन्तरिक समस्या समाधान गर्दै घरेलु बजारमा आत्मनिर्भरता बढाउनुपर्ने सुझाव दिएका छन् । हालै, चिनियाँ नेताहरूले अल्पकालीन आर्थिक प्रोत्साहन प्याकेज ल्याएका छन् । तर विश्लेषकहरूका अनुसार, ट्रम्पले नयाँ कर घोषणा गरेपछि मात्र थप ठूला कदम चाल्न सक्ने सम्भावना छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime