Skip to content
Prabhu

एनएलजी इन्स्योरेन्सको हकप्रदमा आजदेखि आवेदन दिन पाइने

nabil

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर आजदेखि आवेदन खुलेको छ । कम्पनीको ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबर मूल्यका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयरका लागि लागि आजदेखि आवेदन खुला गरेको हो ।

हकप्रद प्रतिकित्ता १०० रुपैयाँमा खरिद गर्न पाइने छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ६२.५६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद सेयरमा कात्तिक २६ गतेसम्म कायम सेयरधनीहरूले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ ।

विक्री प्रबन्धकसँगै एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू र लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । अनलाइन आवेदनका लागि मेरो सेयर समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीलाई यो हकप्रद सेयर निष्कासनका लागि बोर्डले असोज ११ गते अनुमति दिएको थियो । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि २०८० कात्तिक २ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीले तत्काल कायम रहेको १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ चुक्तापुँजीको आधारमा ६६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव २०८० साउन १५ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गराएको थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal