काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक २१ अंकले बढेको छ । आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा नेप्से परिसूचक २१ दशमलव ३३ अंकले बढेको हो ।
आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा परिसूचक २७०४ दशमलव ५७ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्सन पनि ४ दशमलव ३६ अंकले बढेर ४७७ दशमलव ४३ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ८७ कम्प्नीका १६ हजार ६७६ कित्ता सेयर १७८ पटक खरिद बिक्री हुँदा १ करोड १९ लाख २० हजार ५०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्