काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली कायम भएर कारोबार बन्द हुँदा पनि एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा नेप्से १.२४ प्रतिशतले बढ्दा पनि थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले बढेर बन्द भएको छ । आज यो कम्पनीको सेयर मूल्य ११४ रुपैयाँ ७० पैसाले बढेर १ हजार ३२ रुपैयाँ ३० पैसा पुगेको छ । कारोबार खुलेको पहिलो मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो । त्यस्तै आज धेरै घट्ने शीर्ष पाँच कम्पनीमा कर्णली डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, एनआईसी एसिया डिबेन्चर ०८२÷८३ र बेष्ट फाइनान्स रहेका छन् ।
आजको कारोबार बन्द हुँदा कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ७१ रुपैयाँले घटेर ७६९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.४५ प्रतिशतले कम हो । मंगलबार सामुदायिक लघुवित्तको सेयर मूल्य पनि ८.१२ प्रतिशत अर्थात् १५७ रुपैयाँ ६० पैसाले घटेर १ हजार ७८३ रुपैयाँ ९० पैसा पुगेको छ ।
त्यस्तै एनआईसी एसिया डिबेन्चरको सेयर मूल्य पनि ७६ रुपैयाँ ३० पैसाले घटेर १ हजार १६३ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.१६ प्रतिशतले धेरै हो । आज नेप्सेमा कारोबार भएका कम्पनीमध्ये वेष्ट फाइनान्सको सेयर मूल्य पनि ६.१२ प्रतिशतले घटेको छ । यो कम्पनीको प्रतिकित्ता सेयर मूल्य ५५ रुपैयाँले घटेर ८४३ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्