Skip to content
Prabhu

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा विशेष छुट

nabil

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई थप सेवा दिन काठमाडौंको लाजिम्पाटमा मुख्य कार्यालय रहेको ‘जेनो फार्मेसी प्रालि’ र ‘निरभाना फिजियोथेरापी एन्ड वेल्नेस सेन्टर’सँग सम्झौता गरिएको बैंकले जनाएको छ ।

सम्झौताअनुसार विभिन्न औषधि र स्वास्थ्यसम्बन्धी सेवाहरू (फिजियोथेरापी, ओस्टियोपैथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा, आयुर्वेदिक चिकित्सा) खरिद र डेलिभरीमा विशेष छुट प्रदान गरिनेछ । सम्झौतापश्चात बैंकका कर्मचारी तथा ग्राहकले लाजिम्पाट र भक्तपुर शाखा कार्यालयबाट विभिन्न औषधिका साथै स्वास्थ्यसम्बन्धी प्रोडक्टहरू खरिदमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, विकास बैंकले प्रवर्द्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फन्ड’ यही मंसिर महिना भित्र सार्वजनिक निष्काशनमार्फत ईकाइहरू बिक्रीमा ल्याउने बैंकले जानकारी दिएको छ । यस कोषको प्रवर्द्धक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal