Skip to content
Prabhu

हिजबुल्लाहविरुद्ध युद्धविरामका लागि इजरायल तयार

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हेजबुल्लासँग युद्धविरामको प्रस्ताव स्वीकृत भएको बताएका छन् । लेवनानमा हेजबुल्लासँग भइरहेको युद्धविरामका लागि सुरक्षा परिषद्बाट स्वीकृति मिलेको उनले बताए । तर, उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पनि स्वीकृत हुनुपर्नेछ । 

उनले यस सम्झौताबमोजिम हेजबुल्लाहले इजरायलमाथि कुनै पनि आक्रमण गर्ने छैन भने यदि यसले सम्झौता विपरीत गएमा इजरायल प्रतिकार गर्न बाध्य हुने बताए । उनले यो सम्झौता कार्यान्वयन योग्य भएको र कार्यान्वयन हुने समेत स्पष्ट पारे । उनले इरानीको चुनौतीमाथि केन्द्रित हुन, सुरक्षा फौजको पुनः बलियो बनाउन र हमासविरुद्धको युद्धमा केन्द्रित हुनका लागि भन्दै तीन कारणले युद्धविराम गरिएको बताए ।

global
अर्घाखाँची सिमेन्ट

यस सम्बन्धमा लेवनानका प्रधानमन्त्री हजिव मिकाटीले अन्तर्राष्ट्रिय समुदायलाई उक्त सम्झौता तुरुन्त कार्यान्वयन गर्नका लागि आग्रह गरेका छन् । उनले युद्धका कारण बेरुतका मानिसहरुले धेरै कुरा सहेको उल्लेख गर्दै युद्धविरामलाई छिटो कार्यान्वयन गर्न आग्रह गरे ।

युद्धविरामको सम्झौतापछि दुवै पक्षले लेवनानको दक्षिणबाट ६० दिनभन्दा बढी समयदेखि रहेका आफ्ना सुरक्षा फौज हटाउनेछन् । अब हेजबुल्लाह उत्तरतर्फ लिटानी नदीको आसपासमा सीमाभन्दा १९ माइलको दुरीमा रहनेछ ।

प्रधानमन्त्री नेतान्याहुले हिजबुल्लाका शीर्ष नेतृत्व मारिएपछि उ कमजोर भएको र एक दशकअघिको अवस्थामा पुगेको समेत उल्लेख गरेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal