Skip to content
Prabhu

क्यानडा, मेक्सिको र चीनबाट आयात हुने प्रत्येक सामानमा कर बढाउने डोनाल्ड ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनदेखि नै क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा कर बढाउने घोषणा गरेका छन् । उनले क्यानडा र मेक्सिकोमा आयातमा २५ प्रतिशत र चीनमा हाल भइरहेको करको दरमा १० प्रतिशतले बढाउने घोषणा गरेका हुन् ।
global
अर्घाखाँची सिमेन्ट
ट्रम्पले जनवरीमा कार्यकाल सम्हाल्नेछन् । यस्ता करका दर ट्रम्पको प्रमुख आर्थिक नीतिमा पर्छ ।  उनले निर्वाचनबाट निर्वाचित हुनु अगाडि कर बढाउने प्रतिबद्धता जनाएका थिए ।
उनले सोसल मिडिया ट्रथमार्फत घोषण गर्दै कार्यकाल सम्हाले लगत्तै ती देशबाट आयात हुने सबै सामानमा २५ प्रतिशत कर लगाउने बताएका हुन् । उनले क्यानडा र मेक्सिकोको हकमा लागूऔषध तथा गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरुलाई नरोक्दासम्म आयातमा करका दर बढाउने स्पष्ट पारेका छन् । “सबैलाई थाहा छ, हजारौँ मानिसहरु मेक्सिको र क्यानडाबाट अपराधन र लाघूऔषधि अमेरिका ल्याइरहेका  छन्”, उनले भनेका छन् ।
उनले चीनको हकमा भने हाल कायम दरमा १० प्रतिशत मात्रै ट्यारिफ बढाउने बताए । यसअघि उनले निर्वाचनको समयमा ६० प्रतिशतसम्म  ट्यारिफ बढाउने चेतावनी दिएका थिए । उनले चीनले लागूऔषधको तस्करीको नियन्त्रण नगरेकाले चीनबाट आयात हुने सामानमा कर बढाइएको बताएका छन् ।
क्यानडा ओन्टेरियाका अध्यक्ष डोग फोर्डले क्यानडाबाट अमेरिकामा निर्यात  हुने सबै सामानमा लगाउने भनिएको २५ प्रतिशतका कारण कामदार र रोजगारीमा ठूलो असर पर्ने प्रतिक्रिया दिएका छन् । “क्यानडाको टिमले तुरुन्तै यसबारे कुराकानी सुरु गर्नुपर्छ”, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “प्रधानमन्त्री जस्टिन ट्रुडोले यस विषयमा तत्काल बैठक  बोलाएर समस्या समाधान गर्नुपर्छ ।”
यता चीनले भने उक्त चेतावनीले कसैलाई पनि फाइदा नगर्ने स्पष्ट पारेको छ । चिनियाँ सञ्चारमाध्यमले ट्रम्पको उक्त घोषणलाई गैरजिम्मेवार भएको बताएका छन् । बेइजिङले लागूऔषधको तस्करीका विषयमा आफूले महत्वपूर्ण कदम चालेको उल्लेख गर्दै यस विषयमा ट्रम्पले बुझ्नुपर्ने बताइसकेको छ ।
“चीन विश्वका धेरैमध्ये एक मुलुक हो, जसले लागुऔषधको नियन्त्रणमा कडाइका साथ काम गरिरहेको छ, अमेरिकामा पनि फेन्टिनलीपको समस्इा अझै पनि छ”, चीनका विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् । यद्यपि ट्रमको उक्त चेतावनीप्रति चीन तयारी अवस्थामा रहेको जनाइएको छ ।
यता मेक्सिकोले भने अमेरिकाले लागुऔषधको प्रयोगमा कमी ल्याउनका लागि कडाइ गनुपर्ने चेतावनी दिएको छ । मेक्सिको अमेरिकाको प्रमुख व्यापार हुने मुलुकमा पर्छ । “यदि अमेरिकाले २५ प्रतिशत करका दर लागू गर्छ भने मेक्सिकोले पनि सोही अनुसार प्रतिक्रिया दिने छ किनभने मेक्सिको अमेरिकाबाट सामान आयात गर्ने मुलकमा पर्छ”, त्यहाँका एक मन्त्रीले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal