काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०८०÷०८१ को बिमाङ्किय मूल्यांकन प्रतिबेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
नेपाल बीमा प्रधिकरणले स्वीकृत गरेको बिमाङ्किय मूल्यांकन प्रतिबेदन आधारमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको जनाएको छ । स्वीकृत बिमाङ्किय मूल्यांकन कम्पनीले सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ ।
साथै, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी जीवन बीमा योजनाहरुमा न्यूनतम ४२ देखि ६० रुपैयाँ र चौरासी पूजा जीवन बीमा योजनाहरुमा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनश दिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्