Skip to content
Prabhu

पहिलो चौमासिकमा सेयर बजारबाट ८ अर्ब १६ करोड पुँजीगत लाभकर संकलन

nabil

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सेयर बजारबाट पुँजीगत लाभकरबाट राज्यकोषमा ८ अर्बभन्दा रकम जम्मा भएको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म सेयर बजारबाट राज्यकोषमा ८ अर्ब १६ करोड २६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको हो ।

चालु आर्थिक वर्षको कात्तिक महिनामा सेयर कारोबारबाट सरकारले ७५ करोड ८७ लाख ८१ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । लगानीकर्ताले सेयर कारोबारबाट भएको नाफाअनुसार राज्यलाई यो कर तिर्छन् ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सबैभन्दा धेरै पुँजीगत लाभकर संकलन साउन महिनामा भएको छ । साउन महिनामा सेयर बजारबाट पुँजीगत लाभकरबापत राज्य कोषमा ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै भदौ महिनामा सेयर बजार पुँजीगत लाभकर घटेर २ अर्ब ५७ करोड ९४ लाख ८० हजार रुपैयाँमा सिमित भएको थियो । भदौको भन्दा पनि असोजमा सेयर बजारबाट संकलन हुने पुँजीगत लाभकर थप घट्यो । असोजमा ५८ करोड ६५ लाख ४० हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।

कात्तिक महिनामा भने असोजको भन्दा केही बढेर ७५ करोड ८७ लाख ८१ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । कात्तिक महिनामा व्यक्तिगत लगानीकर्ताबाट दीर्घकालीन कारोबारमार्फत २६ करोड २३ लाख ८७ हजार रुपैयाँ लाभकर संकलन गरिएको छ भने अल्पकालीन कारोबारबाट ४१ करोड ७४ लाख ५४ हजार रुपैयाँ कर उठेको छ । त्यस्तै संस्थागत सेयर लगानीकर्ताबाट ७ करोड ८७ लाख २० हजार रुपैयाँ र स्टक डिलरको कारोबारबाट २ लाख १९ हजार रुपैयाँ कर संकलित भएको छ ।

सेयर कारोबारबाट १ वर्ष वा सोभन्दा कम अवधिमा सेयर होल्ड गरेर बिक्री गरेको खण्डमा लगानीकर्ताले ७.५ प्रतिशत कर तिर्नुपर्छ भने १ वर्ष वा सोभन्दा बढी अवधिसम्म होल्ड गरेर बिक्री गर्दा ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal