काठमाडौं । आजको सेयर बजारको कारोबार जारी रहँदा कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यी दुई बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ७६ रुपैयाँ ९० पैसाले बढेर ८४५ रुपैयाँ ९० पैसा र सिन्धु विकास बैंकको सेयर मूल्य ८२ रुपैयाँ ८० पैसाले बढेर ९१० रुपैयाँ ८० पैसा पुगेको हो । यी दुई सँगै १० प्रतिशतले सेयर मूल्य बढ्ने कम्पनी ५ पुगेका छन् ।
यस अघि विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।
समग्र बजार परिसूचक पनि यो अवधिमा ३१ दशमलव २१ अंकले बढेर २७४७ दशमलव ८७ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ७ अर्ब ३१ करोड भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्