Skip to content
Prabhu

पाटन दरबार क्षेत्रमा डिजिटल माध्यामबाट सम्पदा संरक्षण र प्रबर्द्धनका लागि अभिमुखीकरण

पाटन ।, पाटन दरबार क्षेत्रमा डिजिटल माध्यामबाट सम्पदा संरक्षण र प्रबर्द्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुर महानगरपालिकाको उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिले कहाँ इन्कर्पोरेसनसँगको समन्वय र सहकार्यमा आज यस क्षेत्रका ४५ जना कर्मचारीलाई डिजिटल अभिमुखीकरण गरेको हो । महानगरले गत आर्थिक वर्षमा पाटन दरबार सङ्ग्राहलय र महानगरभित्रका एक सय वटा सम्पदाको डिजिटल अभिलेख तयार पारेको इन्कर्पोरेसनका उपप्रमुख कार्यकारी अधिकृत रबिन्द्र घिमिरेले जानकारी दिए ।

global
अर्घाखाँची सिमेन्ट

‘हामीले महानगर र पाटन दरबार सङ्ग्रालयसँगको सहकार्यमा गत वर्ष सम्पदा क्षेत्रमा देखिने गरी ‘क्यूआर कोड’ टाँस गरेका हौँ । यो योजनामा सम्पदा क्षेत्रमा आउने पर्यटकलाई सम्पदाबारे सही र प्रमाणित जानकारी दिन सहज होस् भन्ने ध्येयका साथ काम गरेका हौँ । पर्यटकले ‘क्यूआर स्क्यान’ गरेर सहजै हेर्न र बुझ्न सक्छन्’, उनले भने।

सङ्ग्राहलयकी कार्यकारी निर्देशक मञ्जुसिंह भण्डारीले पर्यटकले दरबार क्षेत्रका कुनै पनि कर्मचारीको सहयोगविना नै सम्पदाबारे जानकारी पाउन सक्ने भएकाले यो महत्वपूर्ण रहेको बताए । उनले सम्पदा क्षेत्रमा राखिको ‘क्यूआर कोड’ विदेशी पर्यटकका लागि मात्रै नभई नेपाली पर्यटकलाई समेत उपयोगी हुने बताए । ‘एउटा मात्रै भाषामा नभई पाँचवटा भाषामा अभिलेख गरिएका जानकारीले पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने छ । यो कार्यलाई ललितपुर महानगरभित्र मात्रै सीमित नगरी ललितपुरका दक्षिणी भेगमा रहेका सम्पदा क्षेत्रसमेतमा लागू गर्न आवश्यक छ’, उनले भने, ‘पुर्खाले संरक्षण गरेर राखेको सम्पदालाई संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्न यो कार्य अत्यन्तै महत्वपूर्ण हुनेछ ।’

महानगरको उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक एवम् वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठले यस कार्यले सम्पदा क्षेत्रको मुख्य जानकारीका साथै यसको गरिमा र महत्वलाई उजागर गर्न उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले महानगरभित्र कति सम्पदा छन्, कुन–कुन सम्पदा छन् भनेर डिजिटल माध्यमबाट जानकारी दिएर पर्यटकको जिज्ञासा र चासोलाई सम्बोधनको प्रयास गरिएको बताए।

कार्यक्रममा कहाँ इन्कोर्पोरेसनका उपप्रमुख कार्यकारी अधिकृत रबिन्द्र घिमिरे, प्राविधिक विशेषज्ञ बिशाल श्रेष्ठ र मृदुष्शिता शर्माले एपको उपयोग, प्रभावकारिता र तथ्याङ्कको व्यवस्थाबारे अभिमुखीकरण गरेका थिए।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal