काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (मंसिर १३ गते) अन्तिम दिन रहेको छ । यो कम्पनीले साधारण सभा प्रयोजनार्थ भोलि मंसिर १४ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीहरुले मात्रै लाभांश पाउने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यस कम्पनीले हाल कायम चुुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांश पारित गर्न मंसिर २८ गते शुक्रबार सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभा हलमा बिहान ११ बजेदेखि सभा बस्दैछ ।
लघुवित्तले अन्य ‘घ’ वर्गको वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश गर्नेछ । यसका साथै गत आवको वित्तीय विवरणहरू माथि छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि समावेश छन् ।
प्रतिक्रिया दिनुहोस्