Skip to content
Prabhu

सपोर्ट लघुवित्त लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

nabil

काठमाडौं । सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यो कम्पनीले भोलि बुक क्लोज गर्ने भएकाले आजसम्मे नेप्सेमा सूचीकृत भएका सेयरधनीले मात्रै लाभांश प्राप्त गर्न सक्ने छन् ।

यस कम्पनीले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १३.७७५ प्रतिशत बोनस सेयर र ०.७२५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय पारित गर्न पुस ६ गते इटहरी– ४ स्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सभा बस्दैछ ।

त्यस्तै अन्य उपयुक्त लघुवित्तसँग मर्जर र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कूल तथा जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal