Skip to content

विन नेपाल लघुवित्तको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

काठमाडौं । बिहीबारको कारोबार जारी रहँदा विन नेपाल लघुवित्तको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । साताको कारोबार हुने अन्तिम दिन बिहीबारको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २५९ रुपैयाँ ५० पैसाले बढेर २ हजार ८५४ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो अवस्थामा समग्र बजार परिसूचक भने घटी रहेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक २ दशमलव ९८ अंकले घटेर २७५३ दशमलव ३८ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब ७४ करोड माथिको कारोबार भएको छ ।

यस अघि विशाल बजार कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्