Skip to content
Prabhu

बैंकहरुमा रकम फालाफाल, कुन बैंकसँग कति छ लगानीयोग्य रकम ?

nabil

काठमाडौं । पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ । कर्जा प्रवाह विस्तार हुन नक्दा वाणिज्य बैंकहरुमा तरलता दिन प्रतिदिन बढी हरेको छ । तरलतालई व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले बजारबाट तरलता खिचिरहेको छ ।

कर्जाको माग निकै कम हुँदा बैंकहरुमा लगानीयोग्य रकम अत्याधिक रुपमा बढिरहेको छ । अहिले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि लगातार रुपमा घटी रहेको छ । पछिल्लो तथ्यांकअनुसार बैंकहरुमा लागनी योग्य रकम ७ खर्बभन्दा बढी लगानीयोग्य रकम रहेको छ । तथ्यांकअनुसार कात्तिक मसान्तसम्म बैंकहरुमा ७ खर्ब ११ अर्ब ३८ करोड रुपैयाँ लगानीयोग्य रकम रहेको छ ।

कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूमा ५९ खर्ब ३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । यो अवधिमा बैंकहरुको कर्जा प्रावह भने ४६ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँमा सीमित रहेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि बुधबार मात्रै बैंकिङ प्रणालीबाट १ सय अर्ब रुपैयाँ निक्षेप खिचेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार पिछिल्लो समय सीडी रेसीयो ७७.०५ प्रतिशत रहेको छ । बैंकहरुले कर्जा–निक्षेप अनुपात ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था रहेको छ ।

कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसँग मात्रै लगानीयोग्य रकम १ अर्ब १४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । बैंकले यो अवधिमा ४ अर्ब २५ अर्बभन्दा बढीको निक्षेप संकलन गरेको छ भने जम्मा २ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंकको सीडी रेसियो कात्तिक मसान्तसम्ममा ६३.०१ प्रतिशत रहेको छ ।

कात्तिक मसान्तसम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो ६८.८३ प्रतिशत रहेको छ । यो अवधिसम्ममा बैंले १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८८ अर्ब मात्रै कर्जा प्रवाह गरेको छ । यो बैंकमा ४० अर्ब रुपैयाँ कर्जा लगानी गर्न सक्ने अवस्थामा रहेको छ । त्यस्तै नेपाल एसबिआई बैंकले कात्तिक मसान्तसम्ममा १ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह १ खर्ब ३२ अर्ब रुपैयाँ गरेको छ । यो बैंकको सीडी रेसियो ७०.१८ प्रतिशत रहेको छ । यो बैंकसँग ३६ अर्बभन्दा बढी लगानी योग्य रकम रहेको छ ।

त्यस्तै कृषि विकास बैंकसँग ४२ अर्बभन्दा धेरै लगानीयोग्य रकम रहेको छ । यो अवधिमा कृषि विकास बैंकले २ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । कृषि विकास बैंकको सीडी रेसियो ७३.६२ प्रतिशतमा कायम भएको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा नेपाल बैंकसँग ४४ अर्ब ९७ करोड रुपैयाँ लगानी गर्न सक्ने क्षमता रहेको छ । यो बैंकले २ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेको छ । यो अवधिसम्ममा बैंकको कर्जा प्रवाह भने २ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ । यो अवस्थामा बैंकको सीडी रेसियो ७४.४५ प्रतिशत रहेको ।

त्यस्तै यो अवधिमा प्रभु बैंकसँग ४४ अर्ब ५४ करोड रुपैयाँ लगानी योग्य रकम रहेको छ । बैंकको सीडी रेसियो ७५.३५ प्रतिशत रहेको छ । यो बैंकमा कात्तिक मसान्तसम्मको अवधिमा ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेक्ष संकल भएको छ भने २ खर्ब २८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । त्यस्तै हिमालयन बैंकमा ३ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने कर्जा प्रवाह २ खर्ब ४२ अर्ब रुपैयाँ रहेको छ । यो अवस्थामा बैंकसँग ४५ अर्ब ३२ करोड रुपैयाँ लगानी योग्य रहेका रहेको छ । यो बैंकको सीडी रेसियो ७५.७४ प्रतिशत रहेको छ ।

जबकी बैंकको सीडी रेसियो ९० प्रतिशतसम्ममा लगानी गर्न पाउने व्यवस्था रहेको छ । त्यस्तै यो अवधिमा ग्लोबल आइएमई बैंकमा ५ खर्ब २६ अर्ब निक्षेप संकल हुँदा ४ खर्ब २० अर्ब रुपैयाँ लगानी भएको छ । यो अवस्थामा बैंकको सीडी रेसियो ७७.३७ प्रतिशत रहेको छ । यो बैंकसँग ६६ अर्ब ५१ बरोड रुपैयाँ लगानी योग्य रकम रहेको छ ।

कात्तिक मसान्तसम्म लक्ष्मी सनराइज बैंकसँग ४० अर्ब ६९ करोड रुपैयाँ लगानी योग्य रकम रहेको छ । यो बैंकमा कात्तिक मसान्तसम्मको अवधिमा ३ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकल भएको छ भने कर्जा प्रवाह भने २ खर्ब ६८ अर्ब मात्रै रहेको छ । यो बैंकको सीडी रेसियो ७७.९७ प्रतिशत रहेको छ । तथ्यांक अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकसँग ५१ अर्ब ८३ करोड रुपैयाँ लागनी गर्न सक्ने क्षमता रहेको छ । यो बैंकले ४ खर्ब ३९ अर्बको निक्षेप संकलन गर्दा ३ खर्ब ४७ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ । यो बैंकको सीडी रेसियो ७८.२० प्रतिशत रहेको छ ।

त्यस्तै यो अवधिमा एभरेष्ट बैंकले २ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यो बैंकले कर्जा प्रवाह भने १ खर्ब ९७ अर्ब रुपैयाँ मात्रै गरेको छ । यो अवस्थामा बैंकको सीडी रेसीयो ८०.०३ प्रतिशत रहेको छ । बैंकसँग यो अवस्थामा ४७ अर्ब भन्दा बढी लगानी योग्य रहेका रहेको छ । सानीमा बैंकसँग पनि यो अवधिसम्ममा ३४ अर्ब भन्दा बढी लगानी गर्न मिल्ने पैसा रहेको छ । यो बैंकले २ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ६९ अर्ब रुपैयाँ लगानी गरेको छ ।

यो बैंकको सीडी रेसियो ८१.११ प्रतिशत रहेको छ । यो अवधिमा एनआईसी एसिया बैंकको सीडी रेसियो ८१.१४ प्रतिशत रहेको छ । यो बैंकसँग लगानी गर्न सक्ने रकम ५५ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । बैंकले यो अवधिसम्ममा ३ खर्ब १६ अर्ब निक्षेप संकलन गर्दा २ खर्ब ६१ अर्ब कर्जा प्रवाह गरेको छ ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार माछापुच्छ्रे बैंकसँग लगानीयोग्य रकम ३० अर्ब भन्दा माथि रहेको छ । यो बैंकमा १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा १ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको सीडी रेसियो ८१.३५ प्रतिशत रहेको छ ।

यो अवधिमा नबिल बैंकसँग ३९ अर्ब ६० करोड रुपैयाँ लागनी योग्य रकम रहेको छ । यो बैंकमा कात्तिक मसान्तसम्ममा ४ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकल हुँदा ३ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको सीडी रेसियो ८१.८३ प्रतिशत रहेको छ । सिद्धार्थ बैंकको यो अवधिमा २ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकल गरेको छ भने कर्जा प्रवाह २ खर्ब १० अर्ब गरेको छ । यो अवस्थामा बैंकसँग लगानी योग्य रकम ३५ अर्ब रहेको छ । बैंकको सीडी रेसियो ८२.०२ प्रतिशत रहेको छ ।

कात्तिक मसान्तसम्म सिटीजन्स बैंकले १ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकसँग लगानी गर्न सक्ने रकम अझै पनि ३३ अर्ब भन्दा बढी रहेको छ । बैंकको सीडी रेसियो ८३.२९ प्रतिशत रहेको छ । त्यस्तै कुमारी बैंकसँग लगानी योग्य रकम ५७ अर्ब भन्दा बढी रहेको छ । यो बैंकमा ३ खर्ब ६२ अर्ब भन्दा बढीको निक्षेप संकलन हुँदा ३ खर्ब ५ अर्ब कर्जा प्रवाह हुँदा सीडी रेसियो ८३.८० प्रतिशत रहेको छ ।

एनएमबी बैंकसँग यो अवधिमा लगानी योग्य रकम २३ अर्ब भन्दा माथि छ । यो बैंकले कात्तिक मसान्तसम्ममा २ खर्ब ४१ अर्ब रुपैयाँ बढीको निक्षेप संकल गर्दा कर्जा प्रवाह भने २ खर्ब १८ अर्बभन्दा बढी रहेको छ । बैंकको सीडी रेसियो ८४.३८ प्रतिशत रहेको छ । प्राइम कमर्सियल बैंकले कात्तिक मसान्तसम्ममा २ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकल गर्दा २ खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवस्थामा बैंकसँग २२ अर्ब रुपैयाँ लगानी गर्न सक्ने क्षमता रहेको छ । बैंकको सीडी रेसियो पनि ८५.४१ प्रतिशत रहेको छ ।

बैंकहरूले अधिकतम ९० प्रतिशत सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न सक्ने व्यवस्था रहेको छ । दीर्घकालीन रूपमा लगानीयोग्य क्षेत्रको अभावले बैंकिङ प्रणालीमा तरलता उपयोग गर्ने प्रक्रिया चुनौतीपूर्ण बन्न सक्ने देखिन्छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal