Skip to content

डलरसँग नेपाली रुपैयाँ थप कमजोर, युरो र पाउण्डको मूल्य पनि बढ्यो, कुन देशको विनिमयदर कति ?

nabil bank

काठमाडौं । शुक्रबार अमेरिकी डलरसँगै युरो र पाउण्डको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा अमेरिकी डलरसँगै युरो र पाउण्डको मूल्य केही बढेको हो । यो सँगै नेपाली रुपैयाँ डलर लगायत मूल्यको तुलनामा थप कमजोर बनेको हो ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४३ पैस रहेको थियो । त्यस्तै युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०१ पैसा कायम भएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको थियो ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७० रुपैयाँ ९० र बिक्रीदर १७१ रुपैयाँ ६६ पैसा कायम भएको छ । अघिल्लो दिन युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९ रुपैयाँ ९१ र बिक्रीदर १७० रुपैयाँ ६६ पैसा रहेको थियो । त्यस्तै आज स्वीस फ्रयाङ्क एकको खरिददर १५२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५३ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिदार १०० रुपैयाँ ३९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३ रुपैयाँ ९४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा, दक्षिण कोरियन वन १०० को खरिदर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४४० रुपैयाँ ६१ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३४ पैसा, ओमानी रियाल एकको खरिददर ३५० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८९ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime