Skip to content

ज्योति विकास बैंकका ग्राहकलाई ई–रिभल्भिङ इण्डियन क्युजिन रेष्टुरेन्टमा छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको न्युरोडमा रहेको ई–रिभल्भिङ इण्डियन क्युजिन रेष्टुरेन्टमा आफ्ना ग्राहकलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । यो सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा सुस्त घुम्ने रेस्टुरेन्टको विशेषताको अनुभव गर्दै छुट सुविधा पाउने बैंकले जनाएको छ ।

यसअघि बैंकले अचार घर, नेपाल हाउस रेस्टुरेन्ट एन्ड बार र महोत्सव रेस्टुरेन्ट एन्ड बारमा पनि १० प्रतिशत छुट दिने सम्झौता गरेको थियो। त्यस्तै, सोयाछा ट्रेडर्समा १८ प्रतिशतसम्म र अन्नपूणर् केबलकारमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता समेत गरिसकेको छ । ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै विभिन्न व्यवसायसँग सहकार्य गर्दै विशेष छुट र सुविधा उपलब्ध गराउँदै आएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत नवजात शिशुको जीवन रक्षा गर्न ५१ वटा शिशु तताउने उपकरण (बेबी वार्मर) प्रदान गरेको छ। यसले हरेक वर्ष करिब १ हजार ८८७ नेपाली शिशुको जीवन बचाउन सहयोग पु¥याएको बैंकले बताएको छ। बैंकले आफ्नो खुद नाफाबाट सामाजिक उत्तरदायित्वमा गर्न पर्ने खर्चभन्दा ५० प्रतिशत बढी रकम छुट्याई नागरिकको हितमा कार्य गर्दै आएको जनाएको छ।

Hyundai

बैंकले हाल उपत्यका र उपत्यकाबाहिर गरी १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। ग्राहकको सुविधा र समाजप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बैंकले आगामी दिनमा पनि सेवामूलक कामलाई निरन्तरता दिने बताएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्