काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश (कर समेत) सेयरधनीहरूमा वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।
घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्