Skip to content

चीनमा विद्युतीय सवारीबीच तीव्र प्रतिस्पर्धा, बीवाईडीले आपूर्तिकर्तामाथि बढायो दबाब

nabil bank
एजेन्सी । चीनको प्रमुख विद्युतीय गाडी निर्माता कम्पनीले नयाँ वर्षका लागि गाडीका पार्टपुर्जाको मूल्य निकै कम गर्न आग्रह गरेको छ । यो मागले चीनको इलेक्ट्रिक गाडी बजारमा जारी भयंकर मूल्य युद्ध र आर्थिक अस्थिरताका बीच मजदुरी घट्ने र भविष्य अनिश्चित रहने सङ्केत गरेको छ ।
अमेरिकी कम्पनी टेस्लाको प्रमुख प्रतिस्पर्धी मानिएको चिनियाँ ब्राण्ड बीवाईडीले अर्को वर्षका लागि १० प्रतिशत मूल्य घटाउन अनुरोध गरेको हो ।सन् २०२५ मा ईभी बजारमा ठूलो अवसर रहनुका साथै प्रतिस्पर्धा अझ बढेर तीव्र्र हुने अनुमान गरिएको छ । उनीहरुले मूल्य कम गर्नका लागि आपूर्तिकर्ता सबैसँग मिलेर काम गर्न आवश्यक रहेको बताएका छन् ।
बुधबार बीवाईडीका ब्रान्डिङ र सार्वजनिक सम्बन्ध विभागका महाप्रबन्धक ली युनफेईले वेइबोमा आफ्ना आधिकारिक खाताबाट पोस्ट गर्दै आफूहरुले मूल्य घटाउन भनेको विषयलाई स्वीकार गरेको देखिएको छ । “आपूर्तिकर्तासँग वार्षिक मूल्य वार्ता गाडी उद्योगमा सामान्य अभ्यास हो”, उनले भनेका छन्,  “हामी आपूर्तिकर्ताहरूका लागि मूल्य घटाउने लक्ष्य निर्धारण गर्छाैं । यो अनिवार्य होइन र सबै कुरा वार्ताबाट निर्णय गर्न सकिन्छ ।”
पन्ध्र वर्षदेखि चीनको गाडी बजार संसारकै सबैभन्दा ठूलो रहँदै आएको छ । तर दुई वर्षअघि टेस्लाले चीनमा आफ्नो मोडल ३ र मोडल वाई कारको मूल्य नौ प्रतिशतसम्म घटाएर मूल्य युद्ध सुरु गरेपछि यो संसारकै सबैभन्दा प्रतिस्पर्धात्मक बजार पनि बनेको छ ।
चीनका २०० भन्दा बढी ईभी निर्माता कम्पनीहरू हाल ठूला आपूर्तिको समस्यामा संघर्ष गरिरहेका छन्, र धेरै साना कम्पनीहरूले यस भीषण प्रतिस्पर्धा सहन नसक्ने अनुमान गरिएको छ ।
बीवाईडी चीनको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी हो, जसले यस वर्षको पहिलो १० महिनामा कुल गाडी बजारमा १६.२  प्रतिशत हिस्सा ओगटेको थियो । त्यस्तै, ईभी बजारमा यसले सोही अवधिमा ३६.१ प्रतिशत हिस्सा कब्जा गरेको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi