Skip to content
Prabhu

प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागी हुने उद्योगी–व्यवसायी (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा भोलि सोमबार ३८ जना उद्योगी व्यवसायी चीन भ्रमणमा जाँदै छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार चीन भ्रमणमा जान लागेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघबाट अध्यक्ष चन्द्र ढकालसहित १८ जना, सीएनआईबाट २ जना चेम्बर अफ कमर्शबाट ६ जना, इप्पानबाट ६, नाडाबाट २ र विभिन्न क्षेत्रका प्रतिनिधि ४ जना भ्रमण दलमा सहभागी हुने छन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

भ्रमण दलमा नेपाल उद्योग वाणिज्य महासंघ(९एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष ज्योत्सना श्रेष्ठसहितका कार्यसमिति सदस्य छन् ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेशकुमार अग्रवाल र उपाध्यक्ष हेमराज ढकाल पनि यस भ्रमणमा सहभागी छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र सल्लाहकार समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठसमेत प्रतिनिधिमण्डलमा छन्।

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरी, महासचिव सुरेन्द्रकुमार उप्रेती, र साना तथा मझौला उद्योग संघका अध्यक्ष उमेश प्रसाद सिंहलगायतका विभिन्न क्षेत्रका प्रतिनिधिहरू पनि टोलीमा सहभागी छन् ।

त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संघ (इप्पान) का अध्यक्ष गणेश कार्की, उपाध्यक्षहरू मोहनकुमार डाँगी, आनन्द चौधरी र रामप्रसाद आचार्य टोलीमा सहभागी छन् ।

त्यस्तै नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरी, महासचिव सुरेन्द्र कुमार उप्रेती, र साना तथा मझौला उद्योग संघका अध्यक्ष उमेश प्रसाद सिंहलगायतका विभिन्न क्षेत्रका प्रतिनिधिहरू पनि टोलीमा सहभागी छन् ।

प्रधानमन्त्रीको चीनको भ्रमणदलमा ३९ जना सरकारी अधिकारीहरु सहभागी हुने छन् । प्रधानमन्त्री ओलीको भ्रमण मंसिर १७ देखि २० गतेसम्म हुनेछ ।

यी हुन् चीन भ्रमणमा सहभागी हुने उद्योगी/व्यवसायी

नेपाल उद्योग वाणिज्य महासंघ
चन्द्र प्रसाद ढकाल, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
चन्दीराज ढकाल, पूर्वअध्यक्ष,
श्याम कुमार थापा, संस्थापक सदस्य
अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष
ज्योत्सना श्रेष्ठ, उपाध्यक्ष
मनोज पौडेल, कार्यकारी सदस्य
भरत राज आचार्य, कार्यकारी सदस्य
शैलेन्द्र गुरागाईं, कार्यकारी सदस्य
प्रयास कार्की, कार्यकारी सदस्य
मनोज अधिकारी, कार्यकारी सदस्य
अम्बिका प्रसाद पौडेल, कार्यकारी सदस्य
डा. राम शरण थापालिया, कार्यकारी सदस्य
गोकर्णराज  अवस्थी, कार्यकारी सदस्य
राम हरि कार्की, अध्यक्ष, नेपाल ट्रान्स हिमालयन सीमा व्यापार संघ
इन्द्रबहादुर श्रेष्ठ, अध्यक्ष, दोलखा वाणिज्य संघ
सुरेश उप्रेती, महासचिव, दोलखा वाणिज्य संघ
अनिल कुमार अग्रवाल, अध्यक्ष, वीरगञ्ज वाणिज्य संघ
कृति खतिवडा, वरिष्ठ अधिकृत

नेपाल उद्योग परिसंघ
राजेश कुमार अग्रवाल, अध्यक्ष, नेपाल उद्योग परिसंघ
हेमराज ढकाल, उपाध्यक्ष

नेपाल चेम्बर अफ कमर्स
कमलेश कुमार अग्रवाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
राजेश काजी श्रेष्ठ, सल्लाहकार समितिका अध्यक्ष
दीपक कुमार मालहोत्रा, वरिष्ठ उपाध्यक्ष
उर्मिला श्रेष्ठ, उपाध्यक्ष
अर्जुन प्रसाद शर्मा, मानार्थ उपाध्यक्ष
सुरेश श्रेष्ठ, कार्यकारी सदस्य

नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघ
गणेश कार्की, अध्यक्ष, नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघ
मोहन कुमार डाँगी, उपाध्यक्ष
आनन्द चौधरी, उपाध्यक्ष
राम प्रसाद आचार्य, उपाध्यक्ष
बलराम खतिवडा, महासचिव
बटु लामिछाने, सल्लाहकार

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन
करण चौधरी, अध्यक्ष, नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन
सुरेन्द्र कुमार उप्रेती, महासचिव

अन्य क्षेत्रीय प्रतिनिधिहरू
शंकर प्रसाद पाण्डेय, अध्यक्ष, नेपाल निर्यात उद्यमी महासंघ
उमेश प्रसाद सिंह, अध्यक्ष, नेपाल लघु तथा घरेलु उद्योग महासंघ
अनिल श्रेष्ठ, अध्यक्ष, सिमेक्स इंक। प्रा। लि।
श्याम प्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्