Skip to content

जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । आजको सेयर कारोबार जारी रहँदा जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबारको कारोबार जारी रहँदा यो कम्पनीमा सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य १०१ रुपैयाँ ५० पैसाले घटेर ९१३ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा १० प्रतिशतले गिरावट हो । यो अवस्थामा समग्र बजार परिसूचक पनि ३१ दशमलव २२ विन्दुले घटेर २७१६ दशमलव ८३ विन्दुमा पुगेको छ । यो अवस्थामा बजार परिसूचक अघिल्लो कारोबारको तुलनामा १.१३ प्रतिशतले गिरावट आएको छ ।

यो समाचार तयार पार्दासम्म बजारमा ३ अर्ब ४० करोड माथिको कारोबार भएको छ । यो अवधिमा सेयर बजारमा ६४ लाख ६७ हजार ८३६ कित्ता सेयर खरिद बिक्री भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime