Skip to content

लिबर्टी इनर्जीको हकप्रद सेयर आजबाट बिक्री खुला

nabil bank

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले आज मंसिर १६ गते आइतबारदेखि आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको छ।

उक्त कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

लिबर्टी इनर्जीको हकप्रद बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलको कार्यालय तथा लमजुङको बेसीसहरस्थित प्रभु बैंकको शाखा, भोटेओडारस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखा र दोर्दीस्थित ग्लोबल आईएमई बैंकको शाखामा गएर आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट पनि हकप्रद भर्न सकिनेछ।

लगानीकर्ताले यो हकप्रदमा पुस ७ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनार्थ गत कात्तिक २१ गते बुकक्लोज गरेको थियो। यस अर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद भर्न पाउँछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi