काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको कारोबार जारी रहँदा विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्यमा पछिल्ला केही दिनमा लगातार रुपमा सर्किट लागेर कारोबार भइरहेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ५४४ रुपैयाँ ५० पैसाले बढेर ५ हजार ९८९ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले बढी हो ।
यो अवस्थामा समग्र बजार परिसूचक ७ दशमलव ६६ अंकले घटेर २७४० दशमलव ३९ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ५ अर्ब ४२ करोड माथिको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्