Skip to content
Prabhu

२ करोड ८० लाखमा निर्मित नवलपरासी बसपार्क उपयोगविहीन

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ मा २ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण गरिएको बसपार्क उपयोगविहीन छ ।

सहरी विकास मन्त्रालयले २ करोड ८० लाख लागतमा निर्माण गरेको उक्त बसपार्कको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको छ। रामग्राम नगरपालिकालाई बसपार्क दुई वर्ष पहिला नै हस्तान्तरण गरेको पनि अहिलेसम्म सञ्चालनमा नआउँदा यहाँका समस्या भइरहेको सहरी विकास मन्त्रालयका इन्जिनियर वीरेन्द्र मण्डलले बताए ।

global
अर्घाखाँची सिमेन्ट

उनका अनुसार निर्माणाधीन बसपार्कमा सानाठूला ६० सवारीसाधन राख्न सकिने छ । बसपार्क जाने सडक साँघुरो भएकाले उपयोगविहीन भएको छ । समिर कन्स्ट्रक्सन कम्पनीले बसपार्क निर्माणको काम सम्पन्न गरेर २०७९ असारमा रामग्राम नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

पाल्ही मध्यनेपाल यातायात बस व्यवसायीका अध्यक्ष ऋषिराम पौडेलका अनुसार निर्माणाधीन नयाँ बसपार्क जाने सडक साँघुरो भएकाले बस आउनजान नमिल्ने भएपछि आफूहरूले जग्गा भाडामा लिएर महेशपुर–परासी सडकखण्डको छेउमा सवारीसाधन राख्ने गरिरहेको छ । रामग्राम नगरपालिकाले निर्माणाधीन बसपार्क आफूहरूलार्ई हस्तान्तरण नगरेकाले सवारी राख्न समस्या भइरहेको छ ।

सहरी विकासले स्थानीय तहलाई हस्तान्तरण नगरेको तथा बसपार्क जाने सडक साँघुरो रहेकाले अहिलेसम्म बसपार्क सञ्चालनमा नल्याएको रामग्राम नगरपालिका–४ का वडाध्यक्ष मदन यादवले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal